बझाङ, साउन १९ - बझाङमा पछिल्ला वर्षमा यार्सा कम पाइन थालेको छ । यसले गर्दा आम्दानीमा समेत गिरावट आएको छ । बझाङका हिमाली क्षेत्रमा पाइने यार्सागुम्बा कम पाउन थालेपछि रोजगारीका लागि भारत लगायतका विभिन्न देश जान थालेका छन् ।
८ वर्षदेखि बझाङको  हिमाली क्षेत्रमा यार्सा संकलन गर्न थालिएको हो । यार्सा जिल्लाको मूख्य आर्थिक करोबारको माध्याम बनेको भएपनि यार्सा कम पाइने तथा यार्साको मूल्यमा गिरावट आउन थालेपछि स्थानीय संकलक निरास भएका हुन् ।
स्थानीय कलक बोहराका अनुसार यस वर्ष त सबै भन्दा कम यार्सा संकलन भयो र दर पनि घट्यो । अहिलेसम्मको संकलनको परिमाण हेर्दा २०७० सालमा सबै भन्दा बढी ३ क्विन्टल ७२ किलो यार्सा संकलन भएको थियो । २०७० सालसम्म यार्सा संकलनको परिमाण वर्षेनी बढ्दै आएपनि पछिल्ला तीन वर्षयता भने लगातार यार्सा संकलन कम हुँदै गएको छ ।

गएको वर्ष तीन क्विन्टल ३८ किलो संकलन भएको यार्सा यसवर्ष दुई क्विन्टल ३७ किलोमा झरेको जिल्ला बन कार्यलयले जनाएको छ । यार्सागुम्बा जथाभावि रुपमा यार्सा संकलन गर्नु, जथाभावि रुपमा जंगल खन्नु, जंगल फडानी गर्नु, जंगलमा आगो लगाउनु लगायतका कारणले यार्सागुम्बा घट्दै गएको जिल्ला बन कार्यलयका बन अधिकृत कर्णबहादुर खातीले बताउनुभयो ।
यार्साबाट मात्र जिल्ला वन कार्यालयले ६० देखि ८० लाखसम्म राजश्व संकलन गर्दै आएको उहाँले बताउनुभयो । ‘पछिल्लो तीन वर्षयता लगातार यार्सा संकलन घट्दै गएको छ’ जिल्ला वन कार्यालयका यार्साको छुटपुर्जी दिने कर्मचारी गजनधर जोशीले भन्नुभयो  ‘यसले राजश्व र स्थानीयको आम्दानीमा समेत ह्रास आएको छ ।’ यार्साको कारोबारो गर्ने  जिल्ला भन्दा  बाहिरका व्यपारी बढी आउने गरेका र बाहिरकै व्यापारीले संकलन पुर्जी लिने गरेको उहाँले बताउनुभयो ।
प्रतिकेजी २२ लाखसम्म पुगेको यार्साको मूल्य झरेर गएको वर्ष १०/१२ लाख र यो वर्ष १४ लाखमा खरिद भइरहेको छ । काठमाडौंका व्यपारी आएर खरिद गर्ने यार्सा उनीहरुले विदेशीसँग कतिमा बिक्री गरेर कति फाइदा लिन्छन् भन्नेमा यहाँका संकलकहरु अनविज्ञ छन् । वर्षेनी यार्साबाट मात्रै  बझाड जिल्लामा राजश्व बाहेक ५० करोड आम्दानी हुने गर्दछ । यो रकम सबै यहाँका संकलकले कमाउँछन् ।
Share To:

तपाईको प्रतिक्रिया :