एजेन्सी बैंकक, २८ साउन । १२ घण्टा भित्रमा थाइल्याण्डका तीन सहरमा आठवटा बम विष्फोट भएको थाइ प्रहरीले जनाएको छ।
यी घटनामा २ जनाको मृत्यु भइसकेको छ। अन्य १५ जना घाइते छन्।
विष्फोटको कसैले पनि जिम्मेवारी लिएको छैन र यी विष्फोटहरू एकआपसमा जोडिएका छन् कि छैनन् भन्ने पनि प्रष्ट भएको छैन। गतसाल २० जनाको मृत्यु हुनेगरी एउटा मन्दीरमा भएको विष्फोटको अघिल्लो दिन यी विष्फोटका घटना भएका हुन्।
पहिलो विष्फोट बिहिबार राती हुवाहिन सहरको एउटा रेष्टुरेन्टमा भएको थियो। यसपछि सुरत थानी र फूकेट सहरमा पनि श्रृंखलाबद्ध बम विष्फोट भएको थियो।



तपाईको प्रतिक्रिया :