चीनको गुआङसीलाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पका कारण एक हजार २०० मानिसले आफ्नो घर गुमाएका वा घरमा क्षति पुगेका कारण विस्थापित हुन पुगेका छन् ।


सोमबारसम्म प्राप्त सूचनाअनुसार भूकम्पका कारण ३० लाख ६१ हजार अमेरिकी डलरभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान आएको चीनले बताएको छ ।

गुआङसीमा आइतबार अपराह्न ५ः१८ बजे ५.४ रेक्टर स्केलको भूकम्पीय धक्का महसुस गरिएको चिनियाँ भूकम्प सञ्जाल केन्द्र (सीईएनसी) ले बताएको थियो ।

भूकम्पको केन्द्रविन्दु २४.०८ डिग्री उत्तरी अक्षांश र १११.५६ डिग्री पूर्वी देशान्तरमा १० किलोमिटर गहिराईमा मापन गरिएको बताइएको छ ।गुआङसीका धेरैजसो ग्रामीण तथा सहरी क्षेत्र तथा गुआङडोङ प्रान्तमा भूकम्पका कारण केही घरहरूमा क्षति पुगेको मृत्यु भएको खबर भएको छैन ।

Share To:

तपाईको प्रतिक्रिया :