यसलाई सूक्ष्म पौष्टिक तत्व पनि भनिन्छ । यिनीहरू ज्यादै थोरै मात्रामा भए पनि पुग्ने तर नभई नहुने हुन्छन् ।

भिटामिन ‘ए’

–    स्वस्थ आँखाका लागि
–    छालाको हेरचाहका लागि
–    शारीरिक बृद्धि विकासका लागि
–    अन्य रोगको आक्रमणबाट बचाउन ।

भिटामिन ‘डी’

–    शरीरको हड्डी बलियो पार्न
–    रिकेट्स र ओस्टिओमालासिया जस्ता हड्डी सम्बन्धी रोगबाट बचाउन
–    क्याल्सियम जस्ता खनिज तत्व सोस्न ।

भिटामिन ‘ई’  

–    शरीरभित्रको अत्यावश्यक चिल्लोहरू बचाएर राख्न
–    रातो रक्त कोष बनाउन
–    भिटामिन ‘ए’, क्यारोटिनजस्ता तत्वहरू बचाइ राख्न
–    कोष÷कोषिकाहरू नष्ट हुन नदिन ।

भिटामिन ‘के’  

–    शरीरमा चोट लाग्दा अधिक रगत बग्नबाट रोकथामका लागि
–    घाउ–चोट निको पार्न
–    हड्डी बनाउन ।

भिटामिन ‘बी’  

–    कमजोरी र थकान कम गर्न
–    रुचि बढाउन
–    बेरी–बेरी हुन नदिन
–    झाडा–पखला र पेलाग्रा हुन नदिन
–    स्मरण शक्ति कायम राख्न ।

भिटामिन ‘सी’

–    गिजा सम्बन्धी रोग हुन नदिन
–    छालाभित्र रगतका कोषिका फुट्न नदिन
–    रक्त अल्पताको कमी गर्न
–    विभिन्न रोगको प्रतिरोध गर्न
–    लामो समयसम्म निरोगी राख्न ।
Share To:

तपाईको प्रतिक्रिया :