इटहरी – मंगलबार रातको करिब १० बजेतिर इटहरीको विराटनगर लाइनस्थित एभरेष्ट गेष्ट हाउसबाट निस्कँदै गरेका दुई तेस्रोलिंगलाई प्रहरी र पत्रकारको टोलीले प्रश्न गरे : यति राती कहाँबाट आएको ?
आक्रमक रुपमा एक तेस्रोलिंगीले भनिन्– ‘हामी जहाँबाट आए जे गरे तपाईहरुलाई किन चासो । राती हिँड्न हाम्रो पनि अधिकारको कुरा हो । तपाईहरुलाई किन टाउको दुखाई ?’
तपाईहरु रातको समयमा हिँड्न डुल्न पाउनुहुन्छ, तर तपाईंहरुले इटहरीमा यौन विकृति बढाएको भन्ने आरोप छ नि ? तपाईहरुलाई लाज लाग्दैन यस्तो आरोप लगाउन ।उत्तर मुखबाट खस्न नपाउँदै ति दुई तेस्रोलिंगी प्रहरी र पत्रकार टोलीको घेराबाट उम्कन खोज्छन । प्रहरीले पछ्यादै इटहरीको पूर्व लाइनस्थित इटहरी उप–महानगरपालिका अगाडी पुगेका ति तेस्रोलिंगीलाई फेरी रोक्छ ।
एक जना तेस्रोलिंगी महिलाले त पत्रकारलाई नै इशारा गदै ‘केटाहरु बोलाएर ठेगान लगाइदिने’ धम्की दिन्छन् ।
धम्की दिने एक जना भने त्यहाबाट मुख छोप्दै भाग्छन् । एक जना भने आबेगमा हामीतर्फ इशारा गर्दै भन्छिन्– ‘हो पेट पाल्न हामी यौन व्यवसाय गर्छौं ।’
शुरुमा निकै आक्रमक बनेकी उनी पछि नरम हुँदै भनिन्, ‘हामीलाई यो समाजले तिरस्कार ग¥यो, रोजगार दिएन, अनि कसरी पेट पाल्ने ? । हामी मजबुर भएर सेक्स वर्कर बनेका हौं ।’
उनले फेरी भनिन्, ‘हाम्रो पक्षमा धेरै संघसस्था छन् तर उनीहरु नाम मात्रका छन् । हामी इटहरीमा २० जना भन्दा बढी छौं, कोही रातको समयमा रमाइलो गर्न निस्कन्छन्, तर हामी पेट पाल्नकै लागि लाचार भएर यौनकर्मी भएर निस्केका हौं ।’ यसो भनिरहँदा उनको आँखामा आँशु खस्न मात्र बाँकी थियो ।
हामी समाजमा यौनकर्मी हैन शिर उठाएर जिउन चाहन्छौ, सरकारले हाम्रो बिषयमा किन सोच्दैन उनले हामी माझ प्रश्न गरिन ।
घरबाट निकालिएको हामी भाडामा बस्न, खान र लगाउनुपर्छ । काम माग्न जाँदा हामीलाई राख्दैनन् । दिउँसो हिँड्दा बाटोमा हाम्रो मजाक बनाउँछन् । अनि दुईछाक पाल्नकै लागि यो बाटो रोजे के गर्नु ?
हो हाम्रो कारणले इटहरीमा यौन विकृति बढ्यो होला तर हाम्रो विकल्प के त ? ति तेस्रोलिंगीले भनिन् ।
इटहरीमा पछिल्लो केही महिना यता तेस्रोलिंगीका कारण यौन विकृति बढेको जनगुनासो छ । ५ सयदेखि २ हजार रुपयाँसम्म उनीहरु अप्राकृतिक यौन सम्बन्ध राख्छन । रातोपाटीले यसअघि इटहरीमा तेस्रोलिंगीका कारण यौन विकृति बढ्यो भन्ने शीर्षकमा समाचार लेखेको थियो ।
सोही कारण इलाका प्रहरी कार्यालय इटहरीले यस बिषयमा चासो लिँदै रातको समयमा तेस्रोलिंगीहरुबाट हुँदै आएको यौन विकृति नियन्त्रणमा ल्याउने बताएको थियो । मंगलबार राती माथि उल्लेखित दुई तेस्रोलिंगीलाई प्रहरीले नियन्त्रणमा लिएर सम्झाउने प्रयास गरेको हो ।
इटहरीमा चुनौती बन्दै तेस्रोलिंगी
रातको समयमा तेस्रोलिंगीका कारण इटहरीमा यौन विकृति बढिरहेको छ । उनीहरुको कथा, व्यथा र बाध्यता पनि आफ्नै छन् । उनीहरु पैसाको लागी यौन सम्बन्ध राख्दै हिँड्दा समाज विकृतितर्फ उन्मुख हुने निश्चित पनि छ ।
यसलाई नियन्त्रण गर्न पनि प्रहरी प्रशासन खासै चासो पूर्वक लागेको देखिन्न । प्रहरीहरु खुलेरै भन्छन्, ‘पक्राउ ग¥यो राख्ने ठाँउ हुन्न । उनीहरुको लागि कि छुट्टै हिरासत नै बनाउनुपर्छ ।’
अहिले इटहरी प्रहरीलाई पनि यो बिषय ठूलै चुनौति बनेको छ । इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी ओम अधिकारी भन्छन्, ‘समाजमा हुने गलत क्रियाकलाप विरुद्ध प्रहरी सचेत छ । तर, इटहरीमा देखिएको यस्ता यौन विकृति नियन्त्रण गर्नमा मुख्यत उनीहरुको संघसंस्था गम्भीर हुनुपर्ने हो ।’
‘हामीले रातको समयमा फेला पारे सम्झाएर पठाउन बाहेक अरु कुनै उपाय छैन्’ अधिकारी भन्छन् । यस बिषयमा इटहरी प्रहरीले तत्कालै एउटा निर्णय गर्छ ।
रोजगार आवश्यक
नयाँ संबिधानमा पनि तेस्रोलिंगी र समलिंगी समुदायले एउटै कुरा उठान गरे मानव भएपछि पाउने सामान्य मानवअधिकारबाट हामीलाई बञ्चित नगरियोस र रोजगार दियोस् । सरकारले पनि यस समुदायलाई अधिकार सम्पन्न बनाउन केही निर्णय समेत गरिसकेको छ । तर, सबैभन्दा ठूलो व्यवहारीक पक्ष उनीहरुलाई रोजगार र सिप नै हो ।
उनीहरु रोजगार नपाएकै कारण पनि यौन व्यवसायमा हात हाल्न बाध्य भएको बताउँछन् । निल हिरा समाजलगायतका संघसंस्थाले रोजगारको बिषयमा सरकारलाई धेरै पटक जानकारी गराइसकेको छ । जन्मसिद्ध अधिकारबाट कसैलाई पनि बञ्चित गराउन नहुने भन्दै समलिंगी तेस्रोलिंगीको अधिकार र रोजगारको बिषयमा अब सरकार गम्भीर हुनुपर्ने उनीहरुको माग छ ।
हामी पनि राज्यको नागरिक हौं, तर हामीलाई किन हरेक ठाँउमा विभेद छ, इटहरीकी तेस्रोलिंगी मुना राईले भनिन्, ‘हामी आत्मनिर्भर बन्न चाहन्छौं ।’
(इटहरीबाट मनोज भुजेलको स्थलगत रिर्पाेटिङको आधारमा)

तपाईको प्रतिक्रिया :