काठमाडौं, २८ साउन । बाँकी रहेका मन्त्रीहरुको नाम टुंग्याउन नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठक बसिरहेको छ । प्रधानमन्त्री प्रचण्डको निजी निवास लाजिम्पाटमा बिहान ८ बजेदेखि बसिरहेको बैठकले बाँकी मन्त्रीहरु नाम टुंग्याउने बताइएको छ ।


पार्टी अध्यक्षको नेतृत्वको सरकारमा माओवादीले हालसम्म तीन जना मन्त्रीलाई पठाएको छ । अब बाँकी ५ वटा मन्त्रीहरु नाम टुंग्याउन बाँकी रहेको छ ।

मन्त्रीपदका लागि आकांक्षी धेरै भएको कारण माओवादीले हालसम्म बाँकी नामको छिनोफानो गर्न सकेको छैन । मन्त्रिमण्डलाई समावेशी बनाउन समेत प्रम प्रचण्डमाथि दबाब रहेको छ ।
Share To:

तपाईको प्रतिक्रिया :