एक्सन प्रदान चलचित्र ‘जय पर्शुराम’ले पिजी प्रमाणपत्र पाएको छ । चलचित्रमा रहेका डरलाग्दा एक्सन दृश्यका कारण चलचित्रलाई पिजी प्रमाणपत्र दिइएको निर्माता तथा निर्देशक रोज राणाले बताए । साउन २८ गते अर्थात शुक्रबार रिलिजको तयारी रहेको चलचित्र ‘जय पर्शुराम’ विराज भट्ट र निशा अधिकारीको मुख्य भूमीका रहेको छ ।

रोज राणाले निर्देशनमा डेब्यू रहेको चलचित्रको यतिबेला निकै चर्चा भैरहेको छ । कारण  ५ वर्ष पछि फेरी चलचित्र ‘जय परशुराम’का माध्यमबाट एक्सन नायक बिराज चलचित्र क्षेत्रम आउदै छन् । चलचित्रमा मौनता श्रेष्ठले लेखन , एनवी महर्जनको एक्सन, रामेश्वर कार्कीको छायांकन देख्न सकिन्छ ।



Share To:

तपाईको प्रतिक्रिया :