राप्रपा नेपालका अध्यक्ष कमल थापाले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति समशेर राणाको लाचारीका कारण पार्टी एकता अवरुद्ध भएको बताएको छ ।  पार्टी एकीकरण भाँडिएको विषयमा भएको पत्रकार सम्मेलनमा थापाले राणाको लाचारी, व्यक्तिगत स्वार्थ तथा अदृश्य शक्तिको चलखेलका कारण पार्टी एकीकरण अवरुद्ध भएको बताएको हो ।

एकताका लागि छलफल अन्तिम चरणमा पुगेको तथा घोषणा हुने बेला एक पक्षीय ढंगले राणा यसको विपक्षमा उभिएको उनले आरोप लगाए । राणाले राजनीतिको सामान्य चरित्र पनि नदेखाएको आरोप लगाउँदै राप्रपाभित्र एकताको पक्षमा रहेका अधिकांशलाई यसले निराश बनाएको उनको भनाई थियो ।
पार्टी एकीकरण नहुँदा वैकल्पिक राष्ट्रवादी शक्ति निर्माण गर्ने अभियान अवरुद्ध भएको बताउँदै उनले अब राप्रपा नेपाल र राप्रपाबीच पार्टी एकीकरणको अध्याय सकिएको बताए ।
Share To:

तपाईको प्रतिक्रिया :