काठमाडौं, साउन १९ – प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबारनै प्रधानमन्त्री निवास छोड्दै हुनुहुन्छ । निवास छाड्नुअघि उहाँले बालुवाटारस्थित सचिवालयको हातामा पीपलको बिरुवा रोप्नु भएको छ ।
प्रधानमन्त्रीले सुरक्षाकर्मी, सचिवालयका कर्मचारी र सहयोगीहरुसँग छुट्टाछुट्टै भेटेर उहाँहरुले पुर्याउनुभएको सहयोगका लागि धन्यवाद दिनुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
व्यवस्थापिका संसदको आजको बैठकबाट नयाँ प्रधानमन्त्री निर्वाचित भएपछि ओली बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट भक्तपुर, बालकोटस्थित निजी निवास सर्न लाग्नुभएको हो । प्रधानमन्त्री व्यवस्थापिका संसदको बैठकबाट सिधै बालकोट जानुहुने छ ।
नयाँ निर्वाचित प्रधानमन्त्रीलाई सरकारी निवासमा सर्न उपयुक्त वातावरण निर्माण होस् भन्ने उद्देश्यले ओली बुधबारनै आफ्नो निजी निवास बालकोट सर्न लाग्नु भएको उहाँका प्रेस सल्लाहाकार प्रमोद दाहालले जानकारी दिनुभयो ।
उहाँका अनुसार नयाँ निर्वाचित प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा प्रधानमन्त्री ओली आफ्नो निजी निवासबाटै सहभागी हुनु हुनेछ ।

तपाईको प्रतिक्रिया :