विशेष दूतका रूपमा चीन भ्रमणमा गएका उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले आजदेखि भेटवार्ता थाल्ने भएका छन् । पप्रधानमन्त्री महराले आज मंगलबार चिनियाा विदेशमन्त्री वाङ यीसाग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । उनले भ्रमणका क्रममा चिनियाा राष्ट्रपति र प्रधानमन्त्रीसाग भेटको प्रयास गर्नेछन् ।
नेपालस्थित चिनियाा राजदूत वु चुन्थाईले एकजना उच्चस्तरीय नेतासाग भेटवार्ताका लागि कोसिस भइरहेको जानकारी महरालाई दिएका थिए । त्यहाँ राष्ट्रपति वा प्रधानमन्त्रीलाई भेट्न नपाए तिनै उच्च नेतामार्फत राष्ट्रपति सी र प्रधानमन्त्री ली खछियाङलाई नेपाल भ्रमणको निम्ता दिने महराको तयारी छ । महराका साथमा परराष्ट्र मन्त्रालयका सहसचिव झवीन्द्र अर्याल पनि छन् ।
उनी ३ भदौमा स्वदेश फर्किने कार्यक्रम छ । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दुई छिमेकी मुलुक भारत र चीनसँग सरकारले सन्तुलित सम्बन्ध राख्न प्रधानमन्त्रीका विशेष दूतका रूपमा दुवै मुलुकमा उपप्रधानमन्त्री पठाउने निर्णय गरेको थियो । मन्त्रिपरिषद्ले महरालाई चीन र अर्का उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिलाई भारत पठाउने निर्णय गरेको थियो ।



तपाईको प्रतिक्रिया :