काठमाडौं, साउन १९ – विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेदरल्याण्ड्ससँगको खेलका लागि नेपाली टोलीको घोषणा गरिएको छ ।
मुख्य प्रशिक्षक जगत टमाटा, कप्तान पारस खड्का र आइसिसीका प्रतिनिधि वेनकटपति राजुसहितको छनौट समितिले १५ सदस्यीय नेपाली टोली घोषणा गरेको हो । नेपालले नेदरल्याण्ड्ससँग साउन २९ र ३१ गते नेदरल्याल्ड्समै खेल्ने छ ।
नेदरल्यान्ड्ससँग विश्व क्रिकेट लिग च्याम्पियनसिपको खेलको तयारीका क्रममा नेपालले गएको महिना वेलायतका विभिन्न क्लवसँग ४ वटा खेल खेलेको थियो ।
को को परे टोलीमा ?
पारस खड्का
ज्ञानेन्द्र मल्ल
शक्ति गौचन
बसन्त रेग्मी
शरद भेषावकर
सोमपाल कामी
सागर पुन
विनोद भण्डारी
राजु रिजाल
करण केसी
अनिल मण्डल
सन्दिप लामिछाने
बिक्रम शोब
राजेश पुलामी मगर
सुनिल धमला



तपाईको प्रतिक्रिया :