काठमाडौं,२० साउन। नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्या भण्डारीले प्रचण्डलाई सपथ खुवाएकी हुन् ।उनले देश र जनताको नाममा सपथ ग्रहण गरे । सपथ ग्रहण कार्यक्रममा प्रचण्ड सुट र भादगाउँले टोपीमा सहभागी भए । प्रचण्डसागै उपप्रधानमन्त्रीमा बिमलेन्द्र निधी र कृष्णबहादुर महरा तथा मन्त्रीमा रमेश लेखक, गौरिशंकर चौधरी र दलजित श्रीपालीले लिए सपथलिएका छन् ।
सपथग्रहण कार्यक्रममा उपराष्ट्रपति, पूर्वप्रधानमन्त्रीहरु, सभामुख, प्रधानन्यायाधीश, संवैधानिक अंगका प्रमुखहरु, सुरक्षा अंगका प्रमुखहरु, कुटनीतिक नियोगका प्रतिनिधिहरु लगायत सहभागी थिए । साथै बिभिन्न राजनीतिक दलका नेता(कार्यकर्ताहरु पनि सपथ ग्रहण कार्यक्रममा सहभागी थिए । दिउँसो तीन बजे सपथ ग्रहणको कार्यक्रम राखिए पनि मन्त्रीहरुको टुंगो नलागेका कारण आधा घण्टा ढीलो कार्यक्रम सुरु भएको थियो । प्रचण्ड बुधबार संसदबाट ३६३ मत पाएर प्रधानमन्त्रीमा निर्वाचित भएका थिए ।
उनको विपक्षमा २१० मत परेको थियो । प्रचण्ड यसअघि २०६५ सालमा पनि प्रधानमन्त्री बनेका थिए । उनी दुईपटकसम्म प्रधानमन्त्री बन्ने नेपालको पहिलो कम्युनिष्ट नेता बनेका छन् । प्रचण्डले आजै सिंहदरवार गएर कार्यभार सम्हाल्नेछन् । त्यसअघि लैनचौरस्थित शहिद पार्क, चम्पादेवीस्थित पुष्पलाल पार्क र पार्टी कार्यालय पेरिसडाँडा पुग्नेछन् । ल्नेछन् । त्यसअघि लैनचौरस्थित शहिद पार्क, चम्पादेवीस्थित पुष्पलाल पार्क र पार्टी कार्यालय पेरिसडाँडा पुग्नेछन् ।

तपाईको प्रतिक्रिया :