प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपालका लागि भेनेजुयलाका गैरआवासीय राजदूत अगस्टो मोइअटियलबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मगंलवार भएको भेटवार्तामा भेनेजुयलाका राजदूतले भेनेजुयलामा आयोजना हुन लागेको असंलग्न मुलुकहरुको १७औँ शिखर सम्मेलनको निम्तो दिएको थियो । आगामी सेप्टेम्बरमा भेनेजुयलाको राजधानी काराकासमा असंलग्न मुलुकको शिखर सम्मेलन हुँदैछ ।


सो अवसरमा नेपाल र भेनेजुयला सम्बन्ध, नेपालको संविधान निर्माण, शान्ति प्रक्रियालगायतका विषयमा कुराकानी भएको नेकपा (माओवादी केन्द्र)का विदेश विभाग सदस्य युवराज चौलागाईंले जानकारी दिए ।

यस्तै राजदूत मोइअटियल र नेकपा (माओवादी केन्द्र)का विदेश विभाग प्रमुख नारायणकाजी श्रेष्ठसँग पनि भेटवार्ता भएको छ । सो अवसरमा दुई मुलुक र पार्टी बीचको सम्बन्धमा विभिन्न आयामबारे कुराकानी भएको थियो । रासस
Share To:

तपाईको प्रतिक्रिया :