एजेन्सी । मुम्बईमा एक महिलाले अनौठो बच्चा जन्माएकी छिन् । मुम्बईको सायन अस्पतालमा सियासिम बच्चालाई जन्म दिएको हो ।

यो नवजात शिशुको तौल ४.५ किलोग्राम छ र दुई टाउकोका साथै शरीरमा ३ हात पनी छन् ।

यो शिशुको दोस्रो टाउको काँध नजिकै छ । भारतीय सञ्चार माध्यमका अनुसार यो शिशुलाई जन्म दिने आमाको नाम शाहिन इरशान खान हो ।

र उनी उत्तर प्रदेश फतेहपुरकी स्थायी वासिन्दा हुन् । शाहिनले यस्तो बच्चा जन्माएपछि अस्पतालका डाक्टरसमेत अचम्म परेका छन् ।

अस्पताल प्रशासनले भनेको छ– ‘जुम्ल्याहा बच्चा त जन्म लिन्छन् तर, दुई टाउको र एक मुटु भएका बच्चा ५ लाखमा १ वा २ जना मात्रै हुन्छन् ।’

भारतीय सञ्चार माध्यमका अनुसार सायन अस्पतालका बाल चिकित्सक (सर्जरी विभाग)का अध्यक्ष डा पारस कोठारीले बच्चाको अवस्था सामान्य रहेको बताएका छन् ।

-
Share To:

तपाईको प्रतिक्रिया :