काठमाडौं– त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)का सात जना डाक्टरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अघि बढाएको कारबाही प्रक्रिया रोक्न सर्वाेच्च अदालतले अन्तरिम आदेश दिएको छ ।
संविधान विपरित कारबाही प्रक्रिया अघि बढाएको भन्दै बिहीबार दर्ता गराएको रिटमाथि न्यायधीश आनन्दमोहन भट्टराईको एकल इजलाशले कारबाही नगर्न र नगराउन अन्तरिम आदेश दिएको हो ।
संविधानमै नभएको ‘अनुचित कार्य’ सम्बन्धी प्रावधानमा टेकेर गरिएको कार्य रोक्न पहिलो सुनुवाइमै अन्तरिम आदेश जारी हुनुपर्ने माग उनीहरूले गरेका थिए ।
निवेदन दर्ता गराउनेमा आइओएमका हालका निमित्त डिन डा विमल सिन्हा, सहायक डिन शरद वन्त, डा जगदीशप्रसाद अग्रवाल, डा दिनेशविनोद पोखरेल, डा मधु देवकोटा, डा कृष्ण केसी र सहप्राध्यापक राजदेवी अधिकारी थिए।
हालको संविधानमा नरहेको तर अन्तरिम संविधान, २०६३ र नेपाल अधिराज्यको संविधान, २०४७ मा रहेको ‘अनुचित कार्य’मा कारबाही गर्न पाउने प्रावधान टेक्दै अख्तियारले उनीहरुलाई कारवाही गर्न त्रिविलाई पत्र लेखेको छ । यो बिचमा उनीहरुसँग दुई पटकसम्म स्पष्टिकरण सोधिएको छ । आयोगको निर्देशनमा त्रिविले उनीहरुलाई सात दिनको म्याद दिएर गत आइतबार दोस्रोपटक स्पष्टीकरण सोधेको थियो।

तपाईको प्रतिक्रिया :