काठमाडौ– धापासीमा रहेको ग्राण्डि अन्तर्राष्ट्रिय अस्पतालमा अत्याधुनिक कोवलेसन प्रबिधि र इन्डोस्कोपिक प्रबिधि प्रयोग गरी पहिलो पटक श्वास नलीको शल्यक्रिया गरिएको छ ।
ग्राण्डि अन्तर्राष्ट्रिय अस्पतालको नाक, कान, घाँटी बिभागका चिकित्सकहरु डाक्टर प्रकाश काफ्ले र डाक्टर आनन्द घिमिरेको टोलीले तनहुँका २४ बर्षिय युवक श्रीप्रसाद तिवारीको साँघुरीएको श्वासनलीको शल्यक्रिया उक्त प्रबिधिबाट गरेका हुन् । शल्यकृयामा एनेस्थेसिया बिभागबाट डा मुरारी राज उप्रेति र डा अर्चन अधिकारीले साथ दिएका थिए ।
चिकित्सकहरुले अत्यात्धुनिक दूरबिन (इण्डोस्कोप) र कोबलेटरको प्रयोगबाट स्वास नलिको साँघुरीएको भाग (स्टेनोटिक पार्ट) लाई हटाएर सो ठाँउमा शल्यक्रिया पछि पुनः साँघुरो नहोस् भनी प्रयोग गरीने बिशेष नली – स्टेन्ट (मोन्टोगोम्यारी ट्यूव)को प्रतिस्थापन नेपालमा नै पहिलोपटक सफलतापुर्बक गरिएको दाबी अस्पतालको छ ।
सडक दुर्घटनामा घाइते भएका तिवारीको लामो समयसम्म सघन उपचारमा रहँदा स्वास नली (ट्रयाकिया) साँघुरीने समस्या भएको थियो ।
कोवलेसन प्रबिधिमा रेडियो फ्रिक्वेन्सी प्रयोग हुने भएकाले शल्यकृयाको समयमा दुखाइ कम हुनुका साथै समय पनि कम लाग्ने, रक्तश्राव शून्य वरावर हुने र घाउ समेत चाँडै निको हुने चिकित्सकहरुको ठहर छ ।
कोवलेसन प्रबिधि नेपालमा पहिलोपटक ग्राण्डि अस्पतालमा प्रयोग भएको हो । यो प्रबिधि टन्सिल, नाक भित्र मासु बढेको र निन्द्रामा घुर्ने समस्याको शल्यक्रियाबाट उपचार र स्वरयन्त्रको शल्यकृया लगायतमा उपयोगि रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया :