काठमाडौं –अन्ततः राप्रपा नेपालले प्रधानमन्त्री निर्वाचनमा माओवादी केन्द्रका उम्मेद्वार प्रचण्डलाई भोट नहाल्ने निर्णय गरेको छ ।
राप्रपा नेपालको बुधबार बिहान सम्पन्न पार्टी केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले सो निर्णय गरेको हो ।
राप्रपा नेपाल सरकारमा नजानुका ४ कारण
– एकीकरणको प्रक्रियामा रहेको राप्रपा सरकारमा जान लागेकाले राप्रपा नेपाल पनि सरकारमा जाँदा एकतामा सहजता आउने उसको विस्वास गरेको थियो । तर राप्रपा नेपाल सरकारमा सहभागि हुँदा पनि तत्काल एकता नहुने देखेपछि सरकारमा नजाने निर्णय गरियो ।
–सरकरमा जाने या नजाने भन्ने विषयमा विवादले पार्टीभित्र दुई धार देखियो । त्यस्तो अवस्थामा असन्तुष्ट समुह थप चिढिने सम्भावना रह्यो । पार्टीभित्रको आन्तरिक समिकरण मिलाउन पनि राप्रपाले सरकारमा नजाने निर्णय गर्यो ।
–केपी ओली नेतृत्वको सरकारमा सहभागि हुँदा राप्रपा नेपाल र पार्टी अध्यक्ष कमल थापाले गणतन्त्र स्वीकारेको र हिन्दुराष्ट्र र राजतन्त्रको एजेण्डा मास्न खोजेको पार्टीभित्र र बाहिरबाट आलोचना भयो । फेरि पनि सरकारमा जाँदा सोहि आरोप लाग्ने र पार्टीको जनाधार खस्किने खतरा रह्यो । जनाधार कायमै राख्न र एजेण्डाप्रति प्रतिबद्ध देखाउन राप्रपा नेपालले सरकारमा नजाने निर्णय गरेको एक नेताले बताए ।
– कांग्रेस –माओवादी गठबन्धनले कमल थापा भन्दा उपेन्द्र यादव र राजेन्द्र महतो जस्ता नेताको समर्थन खोजेको थियो । अन्तिम अवस्थामा मोर्चाले सहमति गर्न नमानेपछि कमल थापा प्राथमिकतामा परेनन् । यो बुझेपछि थापाले चलाखीपूर्ण निर्णय गरे ।

तपाईको प्रतिक्रिया :