साउन १९ – लिबियाको पूर्वी शहर बेनगाजीमा भएको कार बम बिस्फोटनमा परि कम्तिमा २२ जनाको ज्यान गएको छ । सुरक्षाकर्मीलाई लक्षित गरी भएको बिस्फोटनमा अन्य २० जना घाइते भएका छन् । बेनगाजीको गुवार्शा जिल्लाको आवासीय क्षेत्रमा बिस्फोट भएको समाचार संस्था रोयटर्सले जनाएको छ । यो क्षेत्रमा इस्लामिक लडाकु र लिबियाको पूर्व सरकारका सैनिकबिच लामो समयदेखि लडाइँ हुँदै आएको छ । इस्लामिक समूह शुरा काउन्सिल अफ बेनगाजी रिभोलुसनरिजले बिस्फोट गराइएको आक्रमणको जिम्मेवारी लिएको छ ।
संयुक्त राष्ट्रसंघले मान्यता दिएको लिबिया सरकारको आग्रहमा अमेरिकी सेनाले इस्लामिक स्टेट आइएस विरुद्ध हवाई आक्रमण सुरु गरेको एक दिनपछि नै यो आक्रमण भएको हो ।
Share To:

तपाईको प्रतिक्रिया :