एस शंङ्करको अपकमिङ साइन्स फिक्सन ‘२.०’ सन् २०१० को हिट फिल्म ‘रोबोट’ को सिक्वेल हो। साउथका सुपरस्टार रनजीकान्त र बलिउड खेलाडी अक्षय कुमारको अभिनय यो फिल्ममा देख्न पाइनेछ।
फिल्म बन्नुपुर्व नै ब्लकबस्टर हुने अनुमान लगाइको यो फिल्मको एउटा फाइट सिन नै २० करोड भारु खर्चेर गरिएको भारतीय मिडियाले जनाएका छन्। रजनीकान्त र अक्षय कुमार बिचको यो फाइट फिल्मको क्लाइमेक्स हुनेछ। यसरी हेर्दा बलिउडको अबको सबैभन्दा महंगो फिल्म ‘२.०’ हुनेछ।
बाहुबली
हलिउड फिल्म ‘३००’ झै बलिउडमा निर्माण गरिएको बाहुबली रिलिज भएका फिल्महरुमा सबैभन्दा महंगो फिल्म हो। फिल्मको स्टन्ट, स्पेशल इफेस्क, ठूला सेटका कारण सुटिङ महंगो परेको थियो। करिब २५० करोड भारुमा निर्माण भएको फिल्मको लागि राजस्थानबाट १००० घोडा मगाइएको थियो। एसएस राजमौलीले निर्देशन गरेको बाहुबली हिन्दी, तमिल र तेलेगु भाषामा रिलिज भएका थिए।
रावन
शाहरुख खानको साइन्स फिक्सन फिल्म ‘रावन’ यो प्रकृतीको फिल्ममा बलिउडमा पहिलो हो। फिल्ममा सुपरहिरो बनेका शाहरुखको यो फिल्मको बजेट १२५ करोड भारु थियो। यसमा शाहरुखले लगाएको लेटेक्स कस्ट्युम करिब १ करोड भारुको थियो। अर्जुन कपुरको रातो सुट ३-इन्च मोटो रबरबाट बनेको थियो।
क्रिस-३
राकेश रोशन र छोरा ऋतिक रोशनको जोडीले ११५ खर्चमा बनाएको यो फिल्मले बलिउडलाई छुट्टै सुपरहिरो ‘क्रिस’ दियो। फिल्मको स्पेशल इफेक्टको खर्च अनि कंगनाको १० लाख भारुको लेटेक्स रबर कस्ट्युमको खर्चले निकै चर्चा पाएका थिए।
ब्याङ ब्याङ
हलिउडका टम क्रुज र क्यामेरन डियाजको फिल्म ‘नाइट एन्ड डे’ को बलिउड रिमेक ब्याङ ब्याङको लागि १४० करोड भारु खर्च लागेको थियो। ऋतिक रोशन, क्याट्रिना कैफ स्टारर यो फिल्म प्राग, अमेरका, थाइल्याण्ड, ग्रिस लगायात विश्वको थुप्रै ठाउँमा सुट गरिएको थियो।
धुम-३
धुम सिरिज अन्तर्गतको तेस्रो भागमा आमिर खान, क्याट्रिना, अभिषेक बच्चन लगायतको अभिनय थियो। यसको गित ‘मलाङ’ त बलिउडकै सबैबन्दा महंगो गितमा पर्दछ जसमा ५ करोड भारु खर्च लागेको थियो। – नेपाली हेडलाइनबाट

तपाईको प्रतिक्रिया :