काठमाडौं १ भदौ | प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संविधानले तोकेको समयभित्र स्थानीय, प्रदेश र संघीय तहको निर्वाचन गर्न सरकारलाई बाध्य बनाउने निर्णय गरेको छ। पार्टी मुख्यालयमा बुधबार बसेको एमालेको स्थायी समितिको बैठकले तिनै तहको निर्वाचन गराउन तथा संविधानको कार्यान्वयन गराउन सरकारलाई वाध्य पार्ने र सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने निर्णय गरेको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए। -
source:lightnepal.com
source:lightnepal.com


तपाईको प्रतिक्रिया :