काठमाडौं,२२ साउन । नेपाल दूरसञ्चार प्राधिकरणले गत चैतमा नेपालका सबै ल्याण्डलाइन नम्बर अन्तर्राष्ट्रिय मापदण्ड अनुसार १० अंकको बनाउन दूरसञ्चार प्रदायक संस्थालाई प्रस्ताव गरेको थियो। तर टेलिकमले भने यो प्रक्रिया ‘होल्ड’ मा राखेको छ।
टेलिकमका सह प्रवक्ता डिल्लीराम अधिकारीका अनुसार तत्काल १० अंक आवश्यकता नभएका कारण यसलाई होल्ड गरिएको हो।
‘हामीलाई प्राधिकरणले प्रस्ताव पेश गरेको हो। तर तत्काल यसको आवश्यकता नै देखेका छैनौँ,’ अधिकारीले सेतोपाटीसँग भने, ‘अहिले भएका नम्बरले नै पुगेका कारण यसलाई बढाउन जरुरी छैन। यसै कारणले हामीले यसबारे कुनै प्रक्रिया अघि बढाएका छैनौँ र निर्णय पनि गरेका छैनौँ।’
ल्याण्ड लाइन नम्बर आवश्यकताअनुसार पुगिरहेको र तत्काल १० अंकको बनाउन नपर्ने टेलिकमको भनाई छ। टेलिकमले यसबारे कुनै प्रक्रिया अघि नबढाएको बताए पनि प्राधिकरणले आफ्नो प्रस्तावका लागि काम भइरहेको बताएको छ।
टेलिकमको हाल भइरहेको सिस्टमले १० अंकको सपोर्ट नगर्ने हुनाले यसलाई अपग्रेड गर्नुपर्ने प्राधिकरणका प्रवक्ता मीन प्रसाद अर्याल बताउँछन्। उनकाअनुसार टेलिकमले सिस्टम अपग्रेड गरी ‘क्यापेबल’ बनाएपछि प्रक्रिया अघि बढ्नेछ।
‘ल्याण्डलाइन नम्बर परिवर्तन प्रस्ताव गरिएको हो,’ प्रवक्ता अर्यालले भने, ‘टेलिकमको पुरानो सिस्टमले सपोर्ट गर्दैन, सिस्टम अपग्रेड भएपछि प्रक्रिया अघि बढ्छ।’यस विषयमा अहिले पनि छलफल भइरहेका कारण कार्यान्वयन गर्न केही समय लाग्ने उनले बताए।
दुई पक्षको कुरा सुन्दा १० अंकको ल्याण्ड लाइन नम्बर नेपालीले तत्काल सम्झनु पर्ने अवस्था आउने छैन। हाल उपत्यकाका ल्याण्ड लाइन नम्बरमा क्षेत्रगत कोड बाहेक ७ अंक र बाहिर विभिन्न जिल्लामा ६ देखि ७ वटा अंक प्रयोग हुँदै आएको छ। योजनाअनुसार नम्बर परिवर्तन गरिएपछि १० वटा अंकभित्रै क्षेत्रगत कोड पनि समावेश हुनेछ।
त्यस्तै सबै आकस्मिक नम्बरलाई एउटै बनाउने सिफारिसको प्रक्रिया भने अन्तिम चरणमा पुगेको प्रवक्ता अर्यालले बताएका छन्। प्रहरी, एम्बुलेन्स, दमकल, शव वाहन, ट्राफिकलगायतले प्रयोग गर्दै आएका आकस्मिक (इमर्जेन्सी) नम्बर एउटै नम्बरमा रुपान्तरण गर्नेबारे प्राधिकरणको प्रतिवेदन एक महिनाभित्र पास हुने सम्भावना रहेको अर्यालले बताए।
प्राधिकरणको ‘एकीकृत आकस्मिक नम्बर’ योजना अन्तर्गत अमेरिकामा ‘९११’ र युरोपियन मुलुकमा ‘११२’ प्रयोग भए जस्तै नेपालमा पनि प्रयोगमा ल्याउन लागेको हो। मस्यौदामा नेपालमा पनि यी दुई नम्बरमध्ये ‘११२’ लाई आकस्मिक नम्बरका रुपमा अघि सारिएको अर्यालले जानकारी दिएका छन्।

तपाईको प्रतिक्रिया :