ओलम्पिक सुरु हुनुभन्दा एक साताअघि ब्राजिलको आतिथ्य स्वीकार गर्न रियो पुगेका विदेशी पर्यटकहरूलाई विमानस्थलमै स्थानीय कर्मचारीले यसरी स्वागत गरे– नर्कमा तपाईँलाई स्वागत छ।
उनीहरूले आफ्नो देशको कमजोर आर्थिक अवस्थाको बयान गर्दै पम्प्लेटमा लेखेका थिए–प्रहरी र दमकल कर्मचारीले तलब पाएका छैनन्। जो सुकै रियो दि जेनेरियोमा आएपनि उनीहरू सुरक्षित छैनन्। ओलम्पिक जस्तो महान अभियानमा आफ्नै देशको छवी बिग्रिने गरि विमानस्थलमा सरकारविरूद्ध विरोध जनाइरहेका ती कर्मचारी अरु कोही नभएर स्वयम प्रहरी नै थिए।
त्यसैले विदेशी सञ्चारमाध्यमले पहिलेदेखि नै आशंका जनाइरहेका थिए, रियो ओलम्पिकमा आउने पर्यटक मात्र होइन, खेलाडीदेखि पदाधिकारी पनि सुरक्षित रहने छैनन्। यसको पुष्टी चीनका १ सय १० मिटर हर्डल खेलाडी होटलबाट र अस्ट्रेलियाका साइक्लिङ टिमका खेलाडी ओलम्पिक भिलेजस्थित आफ्नै कोठाबाट लुटिएबाट हुन्छ।
राष्ट्रपति डिल्मा रोउसेफमाथि भ्रष्टाचारको मुद्धा दायर भएपछि अहिले ब्राजिलमा कार्यवहाकको भूमिका मिचेल टेमेरले निभाइरहेका छन्। पूर्व प्राध्यापक रहेका टेमेरले ओलम्पिक सुरु हुन एक महिना अघि नै राष्ट्रिय संकटको घोषणा गरेका थिए। जसका कारण अहिले रियो दि जेनेरियोमा लुटपाट र चोरीको घटना तीब्र बन्न पुगेको छ।
ओलम्पिकको सुरक्षाका लागि सरकारले ८५ हजार प्रहरी र आर्मी तैनाथ गरेको बताएको छ। सरकारी आँकडाअनुसार ओलम्पिकको लागि भनेर साढे तीनदेखि ५ लाखसम्म पर्यटक भित्रिने अनुमान गरिएको थियो। तर, अहिले रियोमा बढ्दै गएको अपराधका कारण पर्यटकहरू आफ्नो भ्रमण छोट्याएर बीचैमा घर फर्किन थालेका छन्।
रियोको सडकमा डुलिरहेका पर्यटकहरूलाई बाटोमै लुट्ने गरेको घटना सामान्य बन्न थालेको छ। आर्थिक संकटका कारण तलब नआउँदा प्रहरी पनि मुख दर्शक भएर बस्ने गरेका छन्। आयोजक कमिटीले सुरक्षालाई ध्यानमा राख्दै खेलाडीलगायत पदाधिकारीलाई बाहिर एक्लै नहिड्न सुझाव दिएको छ।

तपाईको प्रतिक्रिया :