अर्घाआँची /अर्घाखाँचीको हंसपुर गाविसमा जीप दुर्घटनामा परि ९ जनाको घटनास्थलमै मृत्यु भएको छ ।अर्घाखाँची सदरमुकाम सन्धिखर्कबाट प्युठानको बादीकोट जाँदै गरेको ग १ ज ४८७८ नम्बरको फोरहृवील जीप हंशपुर गाविस ५ रतनमोर बजार नजिकै पोष्टापाटको भीरबाट ७०० मिटर तल खसेको थियो ।

जीप खसेको स्थानमा थोरै उकालो रहेकाले ब्याक भएर खसेको हुनसक्ने अनुमान प्रहरीको छ । यद्यपी दुर्ङटनाको कारण खुलेको छैन ।दुर्घटनामा परि ९ जनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी चौकी हंशपुरका सइ श्याम श्रीषले जानकारी दिए ।दुर्घटनामा ६ जना घाइते भएका छन् । जीपमा १५ जनाभन्दा बढी सवार रहेको सइ श्रीषले जानकारी दिए ।६ जना घाइतेहरूलार्इ उद्दार गरी एम्बुलेन्समा सन्धिखर्क पठाइएको प्रहरीले जनाएको छ ।

Share To:

तपाईको प्रतिक्रिया :