भारतको मनाइटन्डका १० वर्षीय मोहित कुमारलाई अनौठो बानी लागेको छ । ४ वर्षको उमेरदेखि उनी कुकुरको दुध पिउने गरेका छन् । उनको यस बानीले आमाबाबुसमेत हैरान छन् । बाटोमा हिँड्ने भुस्याहा कुकुरको समेत दुध पिउन उनको बानी छ । मोहितका आमाबाबुले उनको यो बानी छुटाउन धेरै प्रयास गरे पनि हालसम्म यो बानी छुटाउन सफल भएका छैनन् ।
‘एक पटक खेल्ने क्रममा मोहितले भुस्याहा कुकुरको दुध पिउन पुगे,’ मोहितको आमा पिंकीले भनिन्, ‘आजसम्म उनको बानी जारी छ ।’
पिंकीका अनुसार त्यस क्षेत्रका सबै कुकुरले मोहितलाई चिन्ने गरेको र उनलाई चिन्ने गरेको र सजिलै दुध पिउन दिने गरेको बताउँछन् । हालै भने बाहिरबाट आएको कुकुरको दुध पिउन खोज्दा उनलाई टोकेको पनि थियो । तर, उनको कुकुरको दुध पिउने चाह कम भएको छैन ।
मोहित बोल्न पनि सक्दैनन् त्यही भएर उनको आमाबुबालाई मोहित किन कुकुरको दुध पिउन आतुर हुन्छन् भन्ने पत्ता लगाउन सकेका छैनन् ।
अहिले मोहितका परिवारले उनलाई बिरलै घरबाट बाहिर जान दिन्छन् । बानी छुटाउन कसैको रेखदेखमा मात्र घर बाहिर पठाउने गरेका छन् ।
डा. डि के सिंह कुकुरको दुध मानिसका लागि हानिकारक नभए पनि कहिलेकाँही रेबिस सर्न सक्ने खतरा रहेको बताउँछन् ।
source:ratopati




तपाईको प्रतिक्रिया :