भारतीय स्टार क्रिकेटर युवराज सिंहले यसै वर्षको डिसेम्बरको पहिलो साता बलिउड अभिनेत्री हेजल किचसँग बिहे गर्ने भएका छन्। एक भारतीय दैनिकलाई दिएको अन्तरवार्तामा युवराजकी आमाले यसको खुलासा गरेकी हुन्। उनले छिट्टै मिती घोषणा गरिने पनि बताएकी थिइन्।
उनीहरूको बिहे पञ्जाबी परम्परा अनुसार दिल्लीमा सम्पन्न हुनेछ। युवराज र हेजलले लामोसमयदेखी एकअर्कालाई डेट गरिरहेका छन्। हेजलले सलमानको फिल्म 'बडीगार्ड'मा अभिनय गरेकी थिइन्। यसका अलावा उनले केही चर्चित बलिउड आइटम नम्बरमा पनि नाचेकी छन्।
Share To:

तपाईको प्रतिक्रिया :