भाद्र २१, २०७३- मध्य क्षेत्रीय प्रहरी अनुसन्धान ब्यूरो हेटौंडा र जिल्ला प्रहरी कार्यालय चितवनको संयुक्त टोलिले मंगलबार बिहान मुग्लिनबाट ठूलो परिमाणमा लागुऔषध चरेस बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी बसन्त कुँवरका अनुसार धादिङबाट मुग्लिनतर्फ आउँदै गरेको ना ३ ख ६३५२ नम्बरको ट्रकलाई चेकिङ गर्ने क्रममा २ सय ८२ केजी चरेस बरामद भएको हो ।

चरेससँगै मकवानपुर नामाटार–९ का चालक कुमार गोलेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चरेस र चालक लामालाई अहिले इलाका प्रहरी कार्यालय मुग्लिनमा राखिएको छ ।

१४ वटा बोरामा २ सय ५२ वटा पिस बनाएर ल्याएको अबस्थामा पक्राउ गरिएको र चरेश कता लग्न खोजिएको भन्नेबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

उता इलाका प्रहरी कार्यालय भण्डाराले मंगलबार बिहान यात्रुबसबाट २५ केजी गाँजा बरामद गरेको छ । बीरगञ्जबाट काठमाडौं जांदै गरेको ना ५ख ३५०३ नम्बरको यात्रुबसबाट उक्त परिमाणमा गाँजा बरामद गरिएको हो ।

प्रहरीले बसमा सवार हेटौंडा २८ का युवराज भुलन र हाँडीखोला ५ का दीपक लामाको ब्यागबाट गाँजा बरामद गरेको जनाएको छ । गाँजा बोक्ने भुलन, लामा र बसका चालक हेटौंडा २९ का इश्वर अर्याललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  इकान्तिपुर बाट

Share To:

तपाईको प्रतिक्रिया :