२३ भदौ, गोरखा । राप्रपा नेपालका अध्यक्ष कमल थापाले वाहृय चलखेल र चरम सत्तास्वार्थका कारण राजनीतिक स्थिरता नभएकोले विकास निर्माणका कार्यहरु लक्ष्य अनुरुप अगाडि बढ्न नसकेको बताएका छन् ।

राप्रपा नेपालको सहभागिता रहेको अघिल्लो सरकारले स्थानीय निकायको अनुदान र सामाजिक सुरक्षा भत्ता दोब्बर बनाएको प्रसंग उल्लेख गर्दै अध्यक्ष थापाले ओली सरकारमा रहँदा राप्रपा नेपालले जनताका पक्षमा उदाहरणीय कार्यको थालनी गरेको दावी गरे ।

प्रजातन्त्रको आवरणमा देशका महत्वपूर्ण उद्योग, कलकारखानाहरु कौडीको मूल्यमा बेचेर युवाहरुलाई विदेशिन वाध्य बनाउनेहरुले मुलुकको विकास गर्न नसक्ने ठोकुवा गर्दै अध्यक्ष थापाले राप्रपा नेपालले देश विकासको दिर्घकालीन मार्गचित्र लिएर अघि बढेकाले सहयोग गर्न आग्रहसमेत गरे ।

राप्रपा नेपाल गोरखाले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले गोरखा आउँदा आफूलाई पृथ्वीनारायण शाहलाई देखेजस्तो, भेटेजस्तो र उहाँ हिँडेकै बाटो हिँडिरहेको जस्तो अनुभूति भएको बताए । उनले भने, ‘नेपाललाई समुन्नत बनाउने पृथ्वीनारायण शाहको सपनालाई साकार पार्न राप्रपा नेपाल अहोरात्र लागीपरेको छ ।’

राष्ट्रियता, प्रजातन्त्र र हिन्दूत्वको जगमा उभिएर सवल, समुन्नत र समृद्ध नेपाल निर्माण गर्ने राप्रपा नेपालको चाहना रहेको उनलेे स्पष्ट पारे । Source onlinekhabar
Share To:

तपाईको प्रतिक्रिया :