काठमाडौँ / नेपाल राष्ट्र बैंकले दसैँका लागि असोज १६ गतेबाट सर्वासाधारणका लागि नयाँ नोट सटही गर्ने भएको छ। राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले थापाथली र क्षेत्रीय कार्यालयबाट असोज १६ गतेदेखि नयाँ नोट सटही हुने सेतोपाटीलाई जानकारी दिए। ‘१६ गतेबाट उपत्यकाका सर्वसाधारणले थापाथलीस्थित कार्यालयबाट नोट साट्न सक्नेछन्’ पण्डितले भने।
बैंकहरुलाई भने असोज ९ गतेबाटै नयाँ नोट दिइने उनले बताए। एक व्यक्तिले ५ देखि १ सयको अधिकतम ३७ हजार रुपैयाँसम्म अर्थात २–२ बण्डलका दरले सटही गर्न सक्ने छ। गत वर्ष एक व्यक्तिलाई यो सीमा २२ हजारसम्म तोकिएकोमा यस पटक बढाइएको हो।



तपाईको प्रतिक्रिया :