२४ भदौ, चितवन । शिक्षामन्त्री धनिराम पौडेलले कृषि विश्वविद्यालयको समस्या नयाँ तरिकाबाट समाधान गर्नुपर्ने बताएका छन् ।

‘कृषि विश्वविद्यालय जन्मदा नै समस्या थियो, उनले भने  अब यसको विवादको हल भनेको शिक्षा ऐन नै परिर्मजन गरेर मात्रै समाधान हुन्छ ।’

प्रेस सेन्टर नेपाल चितवन शाखाले भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार भेटघाटमा मन्त्री पौडेलले शिक्षा क्षेत्रका विकृति अन्त्य गर्ने एक मात्र उपाये ऐन परिर्वतन भएको दाबी गरे ।

दुई अर्थ लाग्ने हालको नीतिका कारण धेरै समस्या हुदै शिक्षा क्षेत्र माथि उठ्न नसकेको उनको तर्क थियो ।

मन्त्री पौडेलले शिक्षा क्षेत्रमा भएको विकृति अन्त्य गर्न राजनीति नियुक्तिलाई पूर्ण रुपमा वन्देज गर्नुपर्ने बताए ।

पत्रकारको फरक जिज्ञाशामा चितवनको शक्तिखोरमा देशकै नमुना प्राविधिक शिक्षालयको सञ्चालनको कामले तिव्रता पाइरहेको जानकारी  दिए ।
Share To:

तपाईको प्रतिक्रिया :