सर्वाधिन चर्चित सामाजिक सञ्जाल फेसबुक अब ४४ भाषामा कुरा गर्न मिल्ने भएको छ । यसअधि अधिकांशले अंग्रेजी भाषा छनोट गरी फेसबुकमा कुरा गर्ने गरेको भएपनि अबदेखि भने अन्य भाषाहरु पनि सामेल गरी ४४ भाषामा फेसबुकमा टाइप गर्न मिल्ने बनाइएको छ । यदि कसैले फेसबुकमा कुनै भाषामा पोष्ट ग¥यो भने त्यस भाषालाई बुझ्नका लागि ट्रान्सलेटको प्रयोगबाट तुरुन्त ट्रान्सलेट त हुन्छ, तर धेरै जसो कुराहरु नबुझिने हुन्छन् । तर अब भने फेसबुकमा त्यो झन्झट गर्नुनपर्ने भएको छ । फेसबुकले आफूलाई चाहेको भाषा छनोट गरी आफ्नो म्याटर ४४ भाषामा पोष्ट गर्न मिल्ने गराएको छ ।
दुनियामा जसरी पनि कोही पनि मानिस एकअर्कासँग कुरा गर्दा अलग भाषा भएमा उनीहरुमा समस्या नहोस् भन्ने हेतुले कम्पनीले यस्तो ट्रान्सलेटर सार्वजनिक गरेको हो । अब ब्राजिल र जर्मनीको फुटवल प्लेयर या अमेरिकाको कोही पप सिंगरसमेत आ–आफ्नो भाषामा म्याटर पोष्ट गरेभने पनि त्यसलाई अरुले अंग्रेजी वा हिन्दी भाषामा पढ्न सक्नेछन् ।
अहिले नै पनि साना कम्पनी तथा जानेमाने सेलिब्रेटीहरुले आफ्नो फेसबुक पेजमा यस भाषाको प्रयोग गरिसकेका छन् । हरेक दिन हजारौ कारोवारी तथा सेलिब्रेटीहरुले आ–आफ्नो भाषामा पोष्ट लेखिरहेका हुन्छन् । वायर्डका अनुसार यस्तो पोष्ट सात करोडभन्दा बढी देखिन्छ । फेसबुकको साइजको हिसावले यो हाल केही कम हो । तर चाँदै नै यो बढ्नसक्ने बताएका छन् । यो फेसबुक साथै गुगल, माइक्रोसफ्टलगायतमा पनि प्रयोग हुनेछ । एभरेष्ट दैनिकबाट

तपाईको प्रतिक्रिया :