राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहालबीच मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज भएको भेटवार्तामा प्रधानमन्त्री दाहालले मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा राष्ट्रपतिलाई जानकारी गराएका हुन् ।
प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले नियमित भेटवार्ताका क्रममा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको जानकारी दिए । सो भेटमा नेपालको संविधानअनुसार आगामी २०७४ माघभित्र सम्पन्न गर्नुपर्ने विभिन्न निर्वाचन र संविधान कार्यान्वयनका विषयमा कुराकानी भएको बुझिएको छ । स्रोतका अनुसार बुवाको मुख हेर्ने दिन राष्ट्रपति भेटन गएका प्रधानमन्त्री राष्ट्रपति भेट्दा निकै भावुक बनेका थिए । केह िवर्षपहिले बुवा र निकै पहिले आमा गुमाएका प्रधानमन्त्रीले राष्ट्रपतिलाई देशकै अभिभावक मेरो पनि अभिभावक भन्दै सम्मान प्रकट गर्न पुगेको बताएको छ ।



तपाईको प्रतिक्रिया :