डायना फोर स्ट्राइक (DYNA4STRYKE) नामक म्युजिकल व्याण्ड आज भन्दा २ वर्ष अगाडि जोरपाटिमा स्थापित भएको थियो । नेपाली मैलिक गितहरु भन्दा अलि फरक खालको मनोरन्जन दिने हेतुले डायना फोर स्ट्राइक व्याण्ड अगाडी बडिरहेको छ ।
डायना फोर स्ट्राइक (DYNA4STRYKE) ले २०७० सालदेखि विभिन्न कार्यक्रमहरुमा प्रस्तुति दिदै आइरहेको छ । यस व्याण्डले विभिन्न कलेज, स्कूल र इभेन्टहरुमा प्रस्तुति दिदै आइरहको यस व्याण्डका प्रमुख सञ्चालकले बताउनु भयो ।
स्प्राइट ल्कियर छ भन्ने कार्यक्रममा यमबुद्ध र उक्त कार्यक्रममा यस डायना फोर स्ट्राइकले प्रस्तुति गर्नको लागि २ जना ¥यापर (विजय र प्रतिक) र २ जना बिटबक्सर (दावा र क्रिस) भई सञ्चालन गरिएको थियो । त्यसै गरी यसले काठमाण्डौ लगायत देशका प्रमुख शहरहरुका विभिन्न कार्यक्रमहरुमा प्रस्तुति दिदै आइरहेको छ ।
यसले आफ्नै ब्याण्डबाट दर्जन भन्दा वढि गित संगीत बजारमा ल्याइसकेको छ, थुप्रै गित संगीतहरु बजारमा आउने तयारीमा छन् र अरु अफिसियल म्युजिक भिडियो, डकुमेन्ट्री पनि बनाउदै आइरहको व्याण्डका सञ्चालकले बताउनु भयो ।
डायना फोर स्ट्राइकका सदस्यहरु विजय तामाङ्ग, दावा लामा, क्रिस तामाङ्ग, माधव नेपाली र विवेक राई रहेका छन् ।


तपाईको प्रतिक्रिया :