घरायसी विवादका कारण एक वर्षे छोरीसहित सिरहाकी हिरा खनाल इनारमा हामफल्दा छोरीको ज्यान गएको छ । धनगढीमाई नगरपालिका–१२ विष्णुपुरकी २८ खनालले छोरी दिलिसालाई बोकेर बिहीबार बेलुका घर अगाडिको इनारमा हाम फालेकी थिइन् ।
इनारमा हामफाल्दा एक वर्षे छोरीको ज्यान गयाे भने अामा हिरा खनालको प्रहरीले उद्धार गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी श्याम ज्ञावाली बताउनुभयो । हिराको श्रीमान ध्रुब बैदेशिक रोजगारीको शिलसिलामा विदेशमा छन् । घरायसी विवाद भनेपनि के विवाद भएको भन्ने खुलिनसकेको प्रहरीले जनाएको छ ।
बालिकाको शव पोष्टमार्टमको लागि लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारका स्मारक अस्पतालमा लगिएको छ । आमा हिराको पनि त्यही अस्पतालमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया :