प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज संसदमा सम्बोधन गर्ने भएका छन्।  बिहीबार बस्ने संसदको बैठकमा प्रधानमन्त्रीले सम्त्रोधन गर्न लागेका हुन्। संसद बैठक बिहान ११ बजे बोलाइएको छ।
प्रधानमन्त्रीमा निर्वाचित भएपछि पहिलो पटक सम्बोधन गर्न लागेका प्रधानमन्त्रीले संसदमार्फत जनतालाई सम्बोधन गर्न लागेको उनको निजी सचिवालयले जनाएको छ ।
सम्बोधनका क्रममा प्रधानमन्त्रीले सरकारको प्राथमिकता, निर्वाचनबारे सरकारको प्रतिवद्धता, आसन्न भारत भ्रमण लगायतका विषय राख्ने भएका छन्।
Share To:

तपाईको प्रतिक्रिया :