'भारतका राष्ट्रपति आउने समय तय भइसक्यो'
२६ भदौ, काठमाडौं । प्रधानमन्त्री प्रचण्डले चिनियाँ राष्ट्रपति सी जिनपिङ आफ्नै कार्यकालमा नेपाल भ्रमणमा आउन सक्ने सम्भावना रहेको बताएका छन् ।
भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणको समय मोटामोटी तय भइसकेको प्रधानमन्त्रीको स्पष्टोक्ति छ ।
शनिबार राति नेपाल टेलिभिजनमा प्रसारित ‘सीधा कुरा प्रधानमन्त्रीसँग’ कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले भने-‘भारतका राष्ट्रपतिको नेपालमा आउने मोटामोटी समय तय भइ नै सकेको छ । चीनबाट पनि राष्ट्रपति आउने चर्चा चाहिँ हो, निर्णय भइसकेको थिएन । त्यो निर्णय प्रक्रियामा नै छ भन्ने जानकारी मलाई छ । र, त्यो पनि मेरो कार्यकालमा या छिट्टै निर्णय हुन्छ भन्ने मलाई विश्वास छ ।’
चिनियाँ राष्ट्रपति नेपाल आउने चर्चामात्रै चलेको तर निर्णय नभएको स्पष्ट पार्दै प्रधानमन्त्रीले भने- ‘मिडियामा जसरी आयो, आउने निर्णय भइसकेको अनि स्थगित भएको भने जसरी त्यो आएको छ । त्यो निराधार छ, आधारहीन छ भन्ने कुरा दूतावासबाट पनि र हाम्रो विदेश मन्त्रालयबाट पनि स्पष्ट भइसकेको छ । प्रधानमन्त्रीका रुपमा मैले पनि के बुझेको छु भने यो निर्णय प्रक्रियामा छ ।’
दिल्ली जानुअघि संविधान संशोधनको इच्छा कायमै
प्रधानमन्त्री प्रचण्डले समयको दबाव बढे पनि दिल्ली जानुपूर्व नै संविधान संशोधन दर्ता गर्ने आफ्नो इच्छा अझै कायमै रहेको बताएका छन् ।
प्रधानमन्त्रीले सरकारी टेलिभिजनबाट भने- ‘आम नेपालीलाई म यो कार्यक्रममार्फत भन्न चाहन्छु कि दिल्ली जानुभन्दा अगाडि नै संविधान संशोधन प्रस्ताव दर्ता गरेर जाने मेरो इच्छा अझै पनि कायम छ । र, म अझै आशावादी छु, यद्यपि समय त एकदमै दबाव परि नै सक्यो, तर जति नेताहरुसँग मेरो कुराकानी भएको छ, यो सबै हेर्दा हामी धेरै नजिक आइपुगेका छौं । हामी समझदारीमा धेरै अगाडि बढिसकेका छौं ।’
भारत भ्रमणमा जानुअघि आफू मधेसी जनताको विश्वास लिनका लागि सिराहाको भ्रमणमा जान लागेको प्रधानमन्त्री प्रचण्डले बताएका छन् ।
दिल्ली जानेबेलामा मधेसी जनताको समेत विश्वास लिएर जाने सिराहा-५ सांसदसमेत रहेका प्रचण्डले बताए । ‘म सिराहा जाने कुरा पनि त्यो सिराहाको जनतालाई मात्रै सम्वोधन हैन, यो सम्पूर्ण मधेसी जनताको विश्वास पनि लिएर संविधान संशोधन गर्दै हामी अगाडि जाने, निर्वाचनको आधार तयार पार्ने उद्देश्यद्वारा प्रेरित छ’ प्रधानमन्त्री प्रचण्डले भने, ‘मधेसी जनताको पनि र सिंगै नेपाली जनताको विश्वास लिएर दिल्ली जाने उद्देश्यद्वारा नै यो प्रेरित छ ।’
गोविन्द केसीलाई केही समय पर्खन आग्रह
फेरि अनसन बस्ने चेतावनी दिइरहेका डा. गोविन्द केसीलाई केही समय पर्खेर हेर्न प्रधानमन्त्री प्रचण्डले सुझाव दिएका छन् । ‘केही समय हेर्नुहोस्, केसीको मागबारे प्रधानमन्त्रीले भने- ‘यो नयाँ सरकारले कसरी काम गर्छ भनेर हेरेर जाँदा बढी उचित हुन्छ भन्ने मेरो सुझाव छ ।’ अनलाईन खबर बाट

तपाईको प्रतिक्रिया :