कपिल शर्मा घुसकाण्डमा नयाँ मोड आएको छ । बीएमसीले कपिल शर्माको घरमा नोटिस टाँसिदिएको छ । नोटिसमा बीएमसीले कपिलसँग घुस लिने व्यक्तिको नाम सार्वजनिक गर्नुपर्ने बताएको छ । यसका साथै एमएनएसका कार्यकर्ताले पनि कपिलको घर बाहिर प्रदर्शन गरेको छ ।
योभन्दा पहिले पनि अवैध निर्माणमा नोटिस दिँदा जवाफ नआएपछि निर्माणलाई तोडिएको स्मरण गराउँदै बीएमसीले कपिललाई नोटिस पठाएको छ । बीएमसीले घुसको आरोपमा पनि छानबिन गरिने बताएका छन् ।
कपिलको यो घटनाले ठूलो रुप लिइसकेको छ । एकतर्फ कांग्रेसले उनको आरोपलाई सही बताएको छ भने बीजेपी नेताले २४ घण्टा भित्र घुस लिने मानिसको नाम नबताए उनको घरबाहिर नै धर्ना कस्ने चेतावनी दिएका छन् ।



तपाईको प्रतिक्रिया :